शोभा भगवतीमा ‘प्रतिगमनविरुद्ध प्रतिराेध’
प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक समाजका अगुवा, कवि तथा कलाकारले मंगलबार शोभा भगवतीमा विरोध प्रदर्शन गरेका छन्।
शहीद दशरथ चन्द र गंगालाल श्रेष्ठले सहादत प्राप्त गरेको स्थानमा शोभा भगवतीमा वृहत् नागरिक आन्दोलनले ‘प्रतिगमनविरुद्ध प्रतिराेध’ कार्यक्रम आयोजना गरेको हो। विरोध कार्यक्रममा कवि, कलाकार, संस्कृतिकर्मी, नागरिक समाजका अगुवाले प्रतिनिधि सभा विघटनविरुद्ध प्रस्तुति राखेका थिए।
कार्यक्रममा शिल्पी थिएटरले नाटक प्रदर्शन गरेको गरेको छ। शहीदको स्मरण गर्दै प्रतिनिधि विघटनविरुद्ध नाटक प्रदर्शन गरेको हो।
कार्यक्रममा प्रतिनिधि सभा विघटनविरुद्ध विभिन्न भाषामा कविता वाचन गरिएको थियो।
विरोध कार्यक्रमलाई नागरिक अगुवाहरुले सम्बोधन गरेका थिए। उनीहरुले प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनलाई ब्यापक बनाउनुपर्नेमा जोड दिएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गराएयता वृहत् नागरिक आन्दोलनले निरन्तररुपमा विरोध प्रदर्शन गर्दै आइरहेको छ।