एसीसीएको प्रोफेसनल स्किल्स् वर्कशप
एसीसीए नेपालले आफ्ना विद्यार्थीहरुका लागि काठमाडौंमा ‘प्रोफेसनल स्किल्स् वर्कशप’ आयोजना गरेको छ ।
एसीसीएका विद्यार्थीमा व्यवसायिक जानकारी र सीप अभिवृद्धि गर्न कार्यक्रम आयोजन गरेको एसीसीए नेपालले जनाएको छ ।
कार्यक्रममा बोल्दै एसीसीए नेपालका प्रमुख रविन कटुवालले प्राविधिक सीपसँगै सञ्चार, नेतृत्व र विश्लेषणको क्षमता पनि उत्तिकै महत्वपूर्ण रहेको बताए ।
७ वैशाखमा आयोजना गरिएको कार्यक्रममा ‘इम्पावरमेन्ट एकेडेमी’ को सहकार्य थियो ।