दाहाल–नेपाल समूहको सभा : ओलीको आलोचनामै नेताहरुले खर्चिए समय
![दाहाल–नेपाल समूहको सभा : ओलीको आलोचनामै नेताहरुले खर्चिए समय](https://www.himalkhabar.com/uploads/posts/800X600/Demonstration_of_power_of_Prachanda_and_Madhav_group_in_Kathmandu-15_1611312462.jpg)
नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहले आज काठमाडौँमा गरेको प्रतिनिधि सभा विघटनविरुद्धको प्रदर्शनपछि सभामा बाेल्ने नेताहरुले प्रधानमन्त्री तथा अर्को समूहका अध्यक्ष केपी शर्मा ओलीको आलोचनामा नै समय खर्चिएका छन्।
सभालाई सम्बोधन गर्दै उक्त समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर, कार्यान्वयन नगर्ने ओलीको प्रवृत्ति रहेको बताए। उनले ओलीलाई आफूहरुले तह लगाउन नसकेको र यसमा आफूहरुको पनि कमजोरी रहेको बताए। दाहालले भने, केपी ओलीलाई मात्र दोष दिएर हामी चोखै हुन्छौं भन्ने लागेको छैन। अब केपी प्रवृत्तिप्रति उदार भएर संघर्ष गर्ने र उनको प्रवृत्तिलाई छुट दिने भुल गर्ने छैनौं।”
![](https://www.himalkhabar.com/uploads/editor/Politics/cpn/sava/Demonstration%20of%20power%20of%20Prachanda%20and%20Madhav%20group%20in%20Kathmandu-2.jpg)
अर्का अध्यक्ष माधवकुमार नेपालले पनि ४७ वर्षदेखि एउटै पार्टीमा सहकार्य गरेर आएका नेता ओलीको कडा आलोचना गरे। ओलीलाई विधि, पद्धतीलाई नमान्ने, अहंकारी नेताको संज्ञा दिंदै नेता नेपालले कम्युनिष्ट आन्दोलनमा नछिर्नु पर्ने मान्छे छिरेर जहिल्यै दुःख दिएको आरोप लगाए।
झण्डै २२ मिनेट बोलेका नेता नेपालले सबै समय ओलीको आलोचना गर्नमै खर्चिए। तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनबाट अध्यक्षमा ओली निर्वाचित भएपछि पार्टी नचलेको आरोप लगाउँदै उनले ओलीको आदेश पालना नगर्दा ‘सिस्टम’ भत्काएको बताए। ओलीका उनका उखान टुक्का र गफले मात्र देश चलिरहेको उनले बताए। नेता नेपालले भने, “ओली नरसंहारकारी हो। त्यसैले उहाँलाई साइबर सेना, अरिंगालको गोलो मन पर्छ।”
![](https://www.himalkhabar.com/uploads/editor/Politics/cpn/sava/Demonstration%20of%20power%20of%20Prachanda%20and%20Madhav%20group%20in%20Kathmandu-9.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Politics/cpn/sava/Demonstration%20of%20power%20of%20Prachanda%20and%20Madhav%20group%20in%20Kathmandu-11.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Politics/cpn/sava/Demonstration%20of%20power%20of%20Prachanda%20and%20Madhav%20group%20in%20Kathmandu-5.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Politics/cpn/sava/Demonstration%20of%20power%20of%20Prachanda%20and%20Madhav%20group%20in%20Kathmandu-1.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Politics/cpn/sava/Demonstration%20of%20power%20of%20Prachanda%20and%20Madhav%20group%20in%20Kathmandu-14.jpg)