बेलायतमा सिटी एक्सप्रेस मनी ट्रान्सफर
सिटी एक्सप्रेस मनी ट्रान्सफरले बेलायतको रिडिङमा शाखा कार्यालय स्थापना गरेको छ ।
उक्त कार्यालयबाट नेपालमा रेमिट्यान्स पठाउन सकिने छ । कम्पनीले छिट्टै नेपालमा मात्रै नभएर बेलायतबाट अन्य देशमा पनि रेमिट्यान्स पठाउन सकिने गरी काम अगाडि बढिरहेको जनाएको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले १२ वर्षदेखि रेमिट्यास सेवा प्रवाह गर्दै आइरहेको छ । कम्पनीले नेपालभर रहेका ७००० भन्दा बढी एजेन्ट मार्फत भुक्तानी गर्दै आइरहेको छ ।