विश्वको दोस्रो अग्लो हिमाल केटूमा नेपाली पर्वतारोहीको कीर्तिमान
विश्वको दोस्रो अग्लो हिमाल, पाकिस्तानस्थित् केटूको सफल आरोहण गरेर नेपालका १० जना पर्वतारोहीले कीर्तिमान कायम गरेका छन्।
नेपालका मिङ्मा ग्याल्जे शेर्पासहितको टोलीले हिउँदमा अहिलेसम्म आरोहण हुन नसकेको केटूको सफल आरोरण गरेर कीर्तिमान कायम गरेको हो। विश्वका ८ हजार मिटरभन्दा माथिका हिमालमध्ये केटूमा मात्र हिउँदमा आरोहण हुन सकेको थिएन।
मिङमासँगै निर्मल पुर्जा पुन मगर, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलु पेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले पाकिस्तानी समयअनुसार शनिबार साँझ ५ बजे उक्त हिमाल आरोहण गरेका हुन्।
केटू हिमालको उचाइँ ८ हजार ६११ मिटर रहेको छ। दश आरोहीमध्ये मिङ्मा ग्याल्जे शेर्पाले अक्सिजनबिना नै आरोहण गरे। पर्वतारोही टोली मंगलबार बेसक्याम्पबाट शिखरतर्फ लागेको थियो।
सर्वोच्च शिखर सगरमाथाको अनुभवबाट यसअघि पनि हिउँदमा केटू हिमाल आरोहरणका लागि प्रयत्न भएको थियो। सन् १९८० र १९८३ मा गरिएको प्रयन्त सरकारसँगको समन्वय अभावमा सफल हुन सकेको थिए। तर, ३८ वर्षपछि शनिबार हिउँदमा केटू हिमाल आरोहण सफल भएको हो।