सात दिन, १४ सामग्री
११ चैतदेखि शुरू कोभिड-१९ विरुद्धको बन्दाबन्दीलगत्तै साप्ताहिक ‘हिमाल खबरपत्रिका’ले आफ्नो छापा संस्करण स्थगन गरी अनलाइन पोर्टलमार्फत् अझ बढी सक्रिय, सचेत, सत्य र विश्वसनीय पत्रकारिता अभ्यासको प्रयत्न गरिरहेको छ। ‘सम्पादकको सिफारिश, सात दिन १४ सामग्री’ त्यसैमध्येको एक साप्ताहिक स्तम्भ हो, जसमा हामी बितेको साताका उल्लेख्य घटना, सर्वाधिक पढिएका र पढिनुपर्ने समाचार, विचार, विश्लेषणलाई समयक्रम अनुसार प्रस्तुत गरिरहेका छौं। हिजोका यी सामग्रीहरूप्रतिको तपाईंको आजको मूल्यांकनले भोलिको आकलन गर्न सहज हुने हाम्रो विश्वास छ।
१. किन बचाउने हाम्रा हर्रो, बर्रो, यार्चागुम्बा ?
आधुनिक उपचार पद्धतिले निको पार्न नसकेको कोभिड–१९ कालमा हामीलाई हाम्रै परम्परागत औषधोपचार पद्धतिले थोरै भए पनि ढाडस दिएको छ। तर, हाम्रा थुप्रै औषधिजन्य वनस्पतिलाई एक–एक गर्दै शक्तिशाली देशहरूले आफ्नो बनाइसकेको हामीलाई पत्तै छैन। यामबहादुर दुराको विचार।
२. भर्याङको कथा
२४ वर्षकै उमेर सन् १९२३ मा निधन भएका बुल्गेरियाका वामपन्थी लेखक रिस्तो मिनेस्कीलिखित ‘द टेल अफ द स्टेयर्स’ कथाको नेपाली भाषान्तर। कथाको नेपाली संस्करण, यसका नायक युवकलाई आफ्नो लक्ष्यमा पुर्याउन तन, मन र धनले सहयोग गर्नुहुने महान सर्वहारा मजदूर-किसान र उनीहरूका देशीविदेशी हिमायती कविकलाकार, संगीतकार, साहित्यकार, बुद्धिजीवि-मानवाधिकारवादीप्रति समर्पित छ। कथा पढ्न सुझाउने मधु आचार्यप्रति आभार। कथाको भाषा तथा परिवेश रूपान्तरण मोहन मैनालीले गरेका हुन्।
३. के कृषिमा विदेशी लगानी हानिकारक हो ? किन विरोधमा छन् व्यवसायी ?
उत्पादनलाई प्रतिस्पर्धी बनाउनु साटो प्रतिस्पर्धालाई नै छेक्ने व्यवसायीको प्रपञ्चले कृषिसहितका कैयौं क्षेत्रमा बजारको प्रतिस्पर्धालाई सीमित पारेको छ। त्यसको चर्को मारमा परेका छन्, उपभोक्ता। रमेश कुमारको रिपोर्ट।
४. प्रधानन्यायाधीशले भनेजस्तै उनले प्रतिनिधि सभा विघटनको मुद्दा नहेरे के हुन्छ ?
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइमा प्रधानन्यायाधीश संलग्न हुनैपर्ने बाध्यकारी अवस्था स्वयं प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले निम्त्याएका हुन्। कानूनले भने उनले चाहेमा मुद्दा नहेरे पनि हुने ठाउँ दिएको छ। तुफान न्याैपानेको टिप्पणी।
५. रोकिएन चुरे दोहन : गिटी–बालुवाभन्दा सस्तो जीवन !
एक वर्षअगाडि धनुषामा गिटी, बालुवा कारोबारीबाट हत्या गरिएका ओमप्रकाश ‘दिलीप’ महतोको परिवार अहिले पनि न्यायको लडाईंमा छ, तर धनुषालगायतका क्षेत्रमा अनियन्त्रित नदी उत्खननको काम रोकिएको छैन। वर्था फेलो भृकुटी राईको रिपोर्ट।
६. संविधान रक्षति रक्षितः
‘धर्म रक्षति रक्षितः’ अर्थात धर्मको रक्षा गरेमा नै धर्मले पनि रक्षा गर्नेछ भने झैं संविधानको रक्षा हुन सकेमा मात्र संविधानले पनि हाम्रो रक्षा गर्नेछ। त्यसैले ५ पुसको परिघटना दल, नेता वा खेमा विशेषको सरोकार मात्र होइन, समग्र संविधान रक्षाको प्रश्न हो। शेखर खरेलको टिप्पणी।
७. घरजग्गा व्यवसायीले बनाउने मन्दिरलाई सरकारले बनाइदियो ‘राष्ट्रिय महत्वको आयोजना’
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फूटको संघारमा पुगेको थियो। त्यसबेला सरकारले गर्ने निर्णय पनि त्यसैगरी संशयको घेरामा पर्न थालेका थिए। ठिक त्यहीबेला २ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले एउटा त्यस्तै निर्णय गर्यो। त्यस दिन मन्त्रिपरिषदले गरेका निर्णयहरुमध्ये एक थियो– काठमाडौंको नागार्जुन नगरपालिका, रामकोटमा बन्ने मन्दिरलाई राष्ट्रिय महत्वको परियोजनाको मान्यता दिने। रमेश कुमारको रिपोर्ट।
८. एकै टोलमा तीन वर्षमा ३० जनाको क्यान्सरबाट मृत्यु, के होला पूरै देशको हाल ?
सर्लाहीको हरिवन नगरपालिकाको घुर्क्यौली गाउँका गोले टोल, धनपति टोल र सिद्धार्थ टोलका २०० घरमा १४०० जति मानिस बस्छन्। यहाँका सात जना मानिस अहिले क्यान्सरको उपचार गराइरहेका छन्। बितेका तीन वर्षमा यहाँका ३० जना मानिस क्यान्सर लागेर बितिसकेका छन्।(हिमालमिडियाले निर्माण गरिरहेको र डिसहोम (सरोकार च्यानल, १३०) बाट प्रत्येक साता सोमबार राति ८:३० बजे प्रशारण भइरहेको भिडियो म्यागाजिन 'सग्लो समाज' को दोस्रो अंककाे सामग्रीमा आधारित।)
९. मातृभाषाको पढाइ कहिलेदेखि ?
केही स्थानीय तहहरूले मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरिरहेका छन्। तर, अधिकांश स्थानीय तहहरू मातृभाषाको पाठ्यक्रम बनाउने र लागू गर्ने विषयमा अझै जागरुक नभएको भाषाशास्त्रीहरू बताउँछन्। नुनुता राईको रिपोर्ट।
१०. एनसेलका स्थानीय साझेदारः करोडमा शेयर हात पारेर अर्बमा कर छली
नेपाल राष्ट्र ब्यांक र आजीयाटाबाट हामीले लिएको तथ्यांकको विश्लेषण गर्दा एनसेलको २० प्रतिशत शेयरको मूल्य हाल रू. ३५ अर्ब हाराहारी रहेको अनुमान छ। एनसेलको स्थानीय साझेदार सुनिभेराले आर्थिक वर्ष २०७२/७३ यता मात्रै करीब रू. ९ अर्ब लाभांश बुझेको छ। खोज पत्रकारिता केन्द्रका लागि रुद्र पंगेनी, दीपक अधिकारी र डायर्मिड ओ सलिभनको रिपोर्ट।
११. कसरी संसारकै उच्च वायुप्रदूषित शहर बन्यो काठमाडौं ?
मौसमी अवस्थाका कारणले प्रदूषित हावा उपत्यकाभित्रै ठप्प भएर निस्कन पाएको छैन। त्यसमा आगो बाल्दा निस्किएको धुँवा, डढेलो, उत्तरी भारतबाट भित्रिएको औद्योगिक प्रदूषण र सवारी साधनको उत्सर्जन थपिएपछि काठमाडौं उपत्यकाको वायुको गुणस्तर असाध्यै खतराको तहमा पुगेको छ। एक सामग्री।
१२. के थिए हर्क गुरुङ ?
विख्यात भूगोलविद् डा. हर्क गुरुङ जन्मजयन्ती (५ जनवरी) को अवसरमा हिमालखबरले उनको जन्मजयन्ती विशेषका रूपमा प्रकाशन गरेका थप सामग्री।
१३. काठमाडौं विश्वविद्यालयमा को बन्ला अबको उपकुलपति ?
काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकाजुको दोस्रो कार्यकाल सकिन लाग्दा नयाँ उपकुलपतिको खोजी शुरू भएको छ। माकाजु तेस्रो कार्यकालका लागि प्रयासरत रहँदा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी र विद्यार्थी भने उनको विकल्प खोज्न लागिपरेका छन्। तुफान न्याैपानेको रिपोर्ट।
१४. प्रतिनिधि सभा विघटनबारेको सुनुवाइ संवैधानिकमा होइन, बृहत् पूर्ण इजलासमा गरौं
काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकाजुको दोस्रो कार्यकाल सकिन लाग्दा नयाँ उपकुलपतिको खोजी शुरू भएको छ। माकाजु तेस्रो कार्यकालका लागि प्रयासरत रहँदा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी र विद्यार्थी भने उनको विकल्प खोज्न लागिपरेका छन्। तुफान न्याैपानेको टिप्पणी।