प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरुसँग स्पष्टीकरण माग
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरुसँग स्पष्टीकरण मागेको छ।
दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरुलाई तत्काल प्रस्ताव फिर्ता गरी २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न सोमबार निर्देशन सहितको पत्र पठाएका छन्।
संसदीय दललाई जानकारी गराउनुभन्दा पहिले नै संसद सचिवालयमा ३७ जना सांसदहरुले आइतबार मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए।
संसदीय दलमा छलफल नगरी पहिले नै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेकोले प्रस्ताव फिर्तासहित स्पष्टिकरण पेस गर्न पत्र पठाएको प्रमुख सचेतक राजभण्डारीले बताए।