संसद, जनस्तर र कानुनी प्रतिवाद गर्छौः एमाले सचिव ज्ञवाली
प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधनको प्रतिवाद गर्ने भएको छ । एमाले सचिव प्रदीप ज्ञवालीले हिमालखबरसँग भने, “संशोधन विधेयकको संसद, जनस्तर र कानूनी रुपमा प्रतिवाद गर्छौ ।”
संविधान संशोधन विधेयक दर्ता गर्ने निर्णयले राजनीतिक संकट बढाउने सचिव ज्ञवाली बताउँछन् । मधेशी मोर्चाको माग सम्बोधन गर्ने नाममा ल्याउन लागिएको संशोधनले राजनीतिक रुपमा मुलुकलाई द्वन्द्वतिर लैजाने र समाजमा विग्रह ल्याउने उनको भनाई छ । ज्ञवाली भन्छन्, “प्रमुख प्रतिपक्षी दललाई बाहिर राखेर गर्न लागिएको संशोधनले संविधानको सर्वस्विकार्यता बढाउँछ भन्नु नै गलत हो ।”
संविधान संशोधन विधेयक मन्त्रिपरिषद्बाट पारित
संविधान संशोधन: विखण्डनको चाल
संविधान संशोधन:चुनावी तुरुप