प्रधानमन्त्रीको कदमविरुद्ध संघर्ष गर्ने नेकपासहितका दलहरूको समझदारी
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सहितका दलहरूले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध संघर्ष गर्ने भएका छन्।
आइतबार साँझ नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रतिनिधि सभा विघटनविरद्ध संघर्ष गर्ने दलहरूबीच समझदारी बनेको हो।
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता बाबुराम भट्टराईका अनुसार दलहरूले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक/अलोकतान्त्रिक र निरंशुक रहेको ठहर समेत गरेका छन्।
आजै बसेको नेकपाको स्थायी कमिटी बैठकले पनि अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई अनुशासनको कारबाही गर्ने निर्णय गर्दै अन्य दलसँग मिलेर संघर्ष गर्ने निश्कर्ष निकालेको थियो।
आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले आजै दिउँसो प्रतिनिधि सभा विघटन गर्दै आउँदो १७ र २७ वैशाखमा निर्वाचनको मिति तोकेकी छन्।