निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्रीको छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका आयोगका पदाधिकारीसँग छलफल गरेका छन्।
प्रतिनिधि सभा विघटनपछि आउँदो निर्वाचनका विषयमा आयोगका प्रमुख आयुक्त दिनेश थपलिया र आयुक्तहरूसँग प्रधानमन्त्रीले छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।
छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेल समेत सहभागि थिए।
आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दिउँसो प्रतिनिधि सभा विघटन गरेकी थिइन्।
उनले १७ र २७ वैशाख २०७८ मा प्रतिनिधि सभाको निर्वाचन घोषणा गरिसकेकी छन्।