चारवटा ल्याबलाई स्वास्थ्य मन्त्रालयले सोध्यो २४ घण्टे स्पष्टीकरण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार वटा ल्याबलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।
कोरोना परीक्षणको रिपोर्टका सन्दर्भमा मन्त्रालय अन्तर्गतको इन्सिडेण्ट कमाण्ड सिस्टमको गएको ३१ भदौकाे निर्णय अनुसार काम नगरेपछि स्पष्टीकरण सोधिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
स्टार अस्पताल, सेन्ट्रल डायगनोस्टिक ल्याबरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधिएको उनले बताए।
कोरोनाको नेगेटिभ रिपोर्ट आएको नमुना एक महीनासम्म र पोजिटिभ आएको नूमना तीन महीनासम्म भण्डारण गरेर राख्नुपर्नेमा यी ल्याबहरूले त्यसो नगरेको मन्त्रालयले जनाएको छ।