कोरोना रोकथाम र उपचारका लागि रू. ६ अर्ब ८१ करोड निकासा
सरकारले कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि यो आर्थिक वर्षमा ६ अर्ब ८१ करोड रूपैयाँ निकासा गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सरकारले आर्थिक वर्ष २०७७/७८ मा कोरोना रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका लागि ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रूपैयाँ विनियोजन गरेको हो।
यसमा हाइ डिपेन्डेन्सी यूनिट (एचडीयू) लागि विनियोजन गरिएको ३ अर्ब २५ करोड रूपैयाँ समेत समावेश भएको डा. गौतमले बताए।
यस्तै, प्रयोगशाला परीक्षण तथा व्यवस्थापनमा १ अर्ब १२ करोड ४० लाख, संक्रमित व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ र जोखिम भत्तावापत १ अर्ब १४ करोड २९ लाख ६ हजार र आईसीयू, भेन्टिलेटर तथा अस्पताल सुदृढिकरणका लागि १ अर्ब २९ करोड ९० लाख निकासा भएको डा. गौतमले बताए।