राष्ट्र सङ्घको स्थायी प्रतिनिधिमा सुवेदी नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाशकुमार सुवेदीलाई संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी प्रतिनिधिमा नियुक्त गरेकी छन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा सहसचिव सुवेदीलाई सो पदमा नियुक्त गरिएको हो । केपी ओली नेतृत्वको सरकारले अन्य देशका राजदूतहरुसँगै सुवेदीलाई राष्ट्रसंघको प्रतिनिधिका लागि सिफारिस गरेको थियो ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राष्ट्रसङ्घीय कार्यालय भियनाका लागि नेपालको स्थायी प्रतिनिधिमा नियुक्त गरिएको हो ।