मुख्यसचिव वैरागीलाई कोरोना संक्रमण
नेपाल सरकारका मुख्यसचिव शंकर वैरागीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
मुख्यसचिव वैरागीले बुधबार बेलुकी ट्वीट गरेर यसबारे जानकारी गराएका हुन्।
"मेरो कोरोना परीक्षण पोजिटिभ देखिएको छ", वैरागीले ट्वीटरमा लेखेका छन्, "पछिल्ला केही दिनयता मेरो सम्पर्कमा आउनुभएका व्यक्तिहरुलाई आवश्यक स्वास्थ्य सजगता अपनाउन अनुरोध गर्दछु।"