महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पाल कोरोना संक्रमणमुक्त
प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पाल कोरोना संक्रमणमुक्त भएकी छिन्।
२८ असाेजमा कोरोना संक्रमण भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनी पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मंगलबार साँझ डिस्चार्ज भएकी हुन् ।
आफ्नो रिपोर्ट नेगेटिभ आएको र डिस्चार्ज भएर घर आएको उनले फेसबूक स्टाटसमा लेखेकी छिन्।
दशैं मनाउन घर कञ्चनपुर गएका बेला २८ असोजमा कोरोना पुष्टि भएर स्वास्थ्यमा समस्या भएपछि उनी उपचारका लागि काठमाडौं आएकी थिइन्। उनका अनुसार, केही दिन आईसीयू र केही दिन भेन्टिलेटरमा र राखेर उपचार गरिएको थियो।