डिस्चार्ज भए कपिल देव
हृदयाघात भएर अस्पतालमा उपचाररत भारतीय क्रिकेट टिमका पूर्व कप्तान कपिल देव डिस्चार्ज भएका छन्।
बिहीबार छाती दुखेपछि उनी भारतको नयाँ दिल्लीस्थित फोर्टि स्कोर्ट अस्पतालमा भर्ना भएका थिए। उनको मुटुको शल्यक्रिया पनि गरिएको थियो।
तीन दिनको उपचारपछि उनी आइतबार डिस्चार्ज भएका हुन्। अस्पतालले उनी केही दिनपछि दैनिक कार्यमा फर्किन सक्ने जनाएको छ।
कपिलदेवको कप्तानीमा भारतीय क्रिकेट टिमले सन् १९८३ को एकदिवसीय विश्वकप जितेको थियो।