ज्योति लाइफ इन्स्योरेन्स र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच सेवा सम्झौता
ज्योति लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकहरूलाई बीमा सेवाका अतिरिक्त अन्य सेवासुविधा विस्तार गर्ने क्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी काठमाडौंसँग सम्झौता सम्पन्न गरेको छ ।
उक्त सम्झौतामा ज्योति लाइफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरूलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरूले ग्राण्डी अस्पतालबाट उपलब्ध हुने उच्च स्तरीय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।
यस सम्झौताले कम्पनीसँग आबद्ध सबै लाभान्वित हुने कम्पनीले बताएको छ ।
सम्झौता पत्रमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमुख प्रकाश विक्रम खत्री र अस्पतालका बजार तथा व्यवसाय विकास प्रमुख दिनेश पौड्यालले हस्ताक्षर गरेका थिए भने उक्त कार्यक्रममा अस्पताल र कम्पनीका अन्य पदाधिकारीको उपस्थिति रहेको थियो ।