देशभर ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार २१५ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६३७ जनामा कोरोनाभाइरस संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, बिहीबार देशका विभिन्न प्रयोगशालामा १५ हजार २५५ जनाको पीसीआर परीक्षण गरिंदा काठमाडौंमा उपत्यकामा १ हजार ५५२ सहित ३ हजार ६३७ जनामा संक्रमण देखिएको हो।
बिहीबार थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ। जसमध्ये हालसम्म एक लाख २ हजार ८२० जना संक्रमणमुक्त भइसकेका छन् भने ८१२ जनाको मृत्यु भएको छ।
बिहीबार ३ हजार २१५ जना संक्रमित निको भएका छन् भने २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। संक्रमणमुक्त हुने दर ६९.२ प्रति रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ छ। जसमध्ये संस्थागत आइसोलेसनमा १३ हजार ३३९ छन् भने घरमै आइसोलेसनमा बस्नेको संख्या ३१ हजार ५३८ छ।
संक्रमितमध्ये सघन उपचार कक्ष (आईसीयू) मा २९० जना र भेन्टिलेटरमा ७७ जनाको उपचार भइरहेको छ।