राष्ट्रपतिले कोरोना कोषमा दिइन् दुई महीनाको तलब र चाडपर्व भत्ता
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दुई महीनाको तलब र चाडपर्व भत्ता ‘कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोष’मा दिएकी छिन्।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्ति जारी गरी कोरोनाभाइरसको रोकथाम एवं नियन्त्रणका लागि सरकारद्वारा स्थापित उक्त कोषमा रकम दिइएको जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति विद्यादेवी भण्डारीबाट विश्वव्यापी महामारीका रुपमा फैलिएको नोबल कोरोनाभाइरसको रोकथाम एवं नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित ‘कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोष’ मा जम्मा हुने गरी यस आर्थिक वर्षको आफ्नो दुई महीनाको पारिश्रमिक र चाडबाड खर्चवापत प्राप्त हुने रकम प्रदान गर्नु भएको छ।
यसअघि प्रधानमन्त्री केपी ओली तथा सबै मन्त्रीले दशैं भत्ता उक्त कोषमा जम्मा गर्ने निर्णय गरेका थिए।