पुतलीसडकमा सानिमा ब्याङ्कको शाखा
सानिमा ब्याङ्क लिमिटेडले काठमाडौंको पुतलीसडकमा शाखा कार्यालय स्थापना गरेको छ ।
कार्यालयको उद्घाटन ब्याङ्कका अध्यक्ष विनयकुमार श्रेष्ठका साथै ब्रान्ड प्रवर्द्धक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचाले संयुक्त रुपमा गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले नयाँ शाखाबाट सम्पूर्ण ब्याङ्किङ सेवा प्रदान गर्नुको साथै शौक्षिक कर्जाको लागि विशेष नीति लिएको जानकारी गराए । ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले गुणस्तरीय सेवा प्रवाहमा ब्याङ्क प्रतिबद्ध रहेको बताए ।
पुतलीसडकसँगै सानिमा ब्याङ्कको शाखा संख्या ७८ पुगेको छ । ब्याङ्कले ७२ एटीएममार्फत २४सै घण्टा सेवा प्रवाह गरिरहेको छ ।