प्रधानमन्त्री ओलीका तीन जना सल्लाहकार नै कोरोना संक्रमणमुक्त
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहित तीन जना सल्लाहकार नै कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन्।
रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा बिहीबार सङ्क्रमणमुक्त भएका हुन्। तीन जनालाई नै १७ असोजमा संक्रमण पुष्टि भएको थियो।
प्रेस सल्लाहकार थापाले पीसीआर परीक्षण गर्दा आफूसहित रिमाल र भट्टराईको नेगेटिभ रिपोर्ट आएको बिहीबार राति सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।
आफूहरुप्रति शुभेच्छा र सद्भावका निम्ति सबैप्रति आभारी रहेको पनि उनले लेखेका छन्।