फास्ट ट्रयाक निर्माणस्थलमा आएको पहिरोले बालीनाली नष्ट, सेनाले दियो क्षतिपूर्ति
नेपाली सेनाले मकवानपुरको लालबकैया वडा नं ५ का २३ घरपरिवारलाई क्षतिपूर्तिवापत रु तीन लाख दश हजार उपलब्ध गराएको बताएको छ।
काठमाडौंँ–तराई–मधेश द्रुतमार्गको उक्त खण्डमा साउनको पहिलो साता भएको वर्षा र निर्माण क्रममा आएको पहिराबाट ती परिवारको बालीनालीमा क्षति पुगेपछि सेनाले सम्बन्धित व्यक्तिकै ब्यांक खातामा क्षतिपूर्तिको रकम उपलब्ध गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। उक्त क्षतिपूर्ति रकम सम्बन्धित वडा कार्यालयको सिफारिशमा उपलब्ध गराइएको बताइएको छ।