अहिले खेल्दैछन् सन्दीप लामिछाने
नेपाली युवा स्पिनर सन्दीप लामिछाने पहिलोपटक दिल्ली क्यापिटल्सको टिममा परेका छन् ।
टिमको तेस्रो खेलमा पहिलो पटक सन्दीपले कोलकत्ता नाइट राइडर्सविरुद्ध बलिङ गर्दैछन् ।
इन्डियन प्रिमियर लिग (आइपीएल)को यसअघिका दुई खेलमा दिल्लीले एकमा जीत र एकमा हार बेहोरेको छ ।
सन्दीपसँगै अर्का स्पिनर अमित मिश्रा पनि टिममा छन् । हनुमान विहारी पनि टिममा छन् । सुनिल नरान चोटका कारण बाहिरिएका छन् ।
सन्दीप टिममा परेसँगै क्रिकइन्फो डटकममा नेपाली दर्शकको उत्साहले भरिएका टिप्पणीहरु देखिएको छ ।
अघिल्ला दुई खेलमा सन्दीपलाई टिममा समावेश नगरिएकोमा क्रिकेट पण्डितहरुले समेत आश्चर्य प्रकट गरेका थिए ।
चेन्नाइसँगको खेलको समीक्षाका क्रममा अष्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज पनि दिल्लीले प्लेइङ ११ टोलीमा सन्दीपलाई नखेलाएको आफू छक्क परेको बताएका थिए ।
“सन्दीपले चेन्नईका मध्यक्रमका ब्याट्समेनको लय तोडन सक्छन्”, क्रिकइन्फोसँगको अन्तर्वार्तामा हजले भनेका थिए ।
अन्ततः मध्यक्रमको ब्याट्समेनकै साझेदारीले चेन्नईले जित हासिल गरेको थियो ।