आज प्रदेश १ र २ का केही स्थानमा भारी वर्षाको संभावना
आज देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। प्रदेश १ र २ का केही स्थानमा भारी वर्षाको संभावना छ।
त्यसबाहेक बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिमका केही क्षेत्रमा पनि वर्षा हुनेछ। राति भने प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
त्यसैगरी मंगलबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आगामी २४ घण्टा प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।