प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको संभावना
आज दिउँसो देशभर मौसम सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। खासगरी प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशखाका अनुसार शनिबार राति केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र प्रदेश ४ का केही स्थानमा भने भारी वर्षाको सम्भावना छ।
त्यस्तै २८ भदौ आइतबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। आइतबार पनि प्रदेश १ , बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना छ।
भारी वर्षाको सम्भावना रहेको प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने संभावना छ। त्यस क्षेत्रका बासिन्दालाई सजग रहन महाशाखाले आग्रह गरेको छ।
मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ। भारतको पश्चिम बंगाल नजिक न्यून चापीय क्षेत्रको विकास भएको छ।