सिभिल ब्याङ्क र नेशनल ब्याङ्किङ इन्स्टिच्यूटबीच सम्झौता
सिभिल ब्याङ्क र नेशनल ब्याङ्किङ इन्स्टिच्यूटबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी रुपले अगाडि बढाउने सम्झौता भएको छ ।
सम्झौतामा सिभिल ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेशनल ब्याङ्किङ इन्स्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार नेशनल ब्याङ्किङ इन्स्टिच्यूटको वित्तीय साक्षरता सम्बन्धी मोबाइल एपको संरचना र सुविधाहरुबारे सिभिल ब्याङ्कले आफ्ना कर्मचारी मार्फत ग्राहकबीच वित्तीय साक्षरता कार्यक्रम विस्तार गर्नेछ ।
त्यस्तै महिला समूह, किसान, रेमिट्यान्समा आश्रित परिवार, शिक्षक तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ ।
ब्याङ्किङ इन्स्टिच्यूटले भने सिभिल ब्याङ्कलाई आवश्यक परेको खण्डमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम गर्नेछ ।
यस्तो साझेदारीले ग्राहकमा बचत गर्ने बानीको विकास तथा सफलतापूर्वक व्यवसाय सञ्चालन गर्नेबारे ज्ञान प्राप्त गर्न सहजता मिल्ने विश्वास लिइएको दुवै पक्षले जनाएका छन् ।