स्कोडाको कोडियाक ‘एलएन्डके’ सार्वजनिक
नेपालका लागि स्कोडा गाडीको आधिकारिक बिक्रेता स्कोडा एमएडब्लुले कोडियाकको नयाँ भेरियन्ट ‘लरिन एन्ड क्लेमेन्ट’ (एलएन्डके) सार्वजनिक गरेको छ ।
‘एलएन्डके’को बडीमा राखिएका चार वटा ‘वाइड एंगल’ क्यामेरामार्फत ३६० डिग्री ‘सराउन्ड एरिया भ्यू’ देखिन्छ । त्यसैगरी, ‘ह्यान्ड फ्री पार्किङ’ले गाडीको भीडमा पार्किङ गर्ने उत्तम ठाउँ पत्ता लगाउन मद्दत गर्छ ।
यसमा रहेको ‘डोर एज प्रोटेक्सन’ले ढोकालाई भित्ता वा अन्य सामग्रीमा सिधै ठोक्किनबाट बचाउँछ । त्यसैगरी, अगाडि रहेको ‘प्रोएक्टिभ इलेमेन्ट’ले फ्रन्ट बम्परमा स्क्र्याच हुनबाट बचाउने कम्पनीले जनाएको छ ।
यसमा रहेको ‘पावर न्याप प्याकेज’ले लामो यात्राका क्रममा पछाडिका यात्रुलाई आरामले सुत्न सहयोग गर्छ । यसमा टाउको राख्ने ‘हेड रेस्ट’ र दुई वटा ब्ल्याकेटहरु पनि उपलब्ध छन् ।
यसको ‘डिजिटल भ्वाइस इन्ह्यान्समेन्ट’ फिचरले अगाडि र पछाडिका यात्रुबीच सहज संवाद गर्न सहयोग गर्छ ।
स्कोडा कोडियाक ‘एलएन्डके’ २.० टिडीआई (अल ह्विल ड्राइभ र अटोमेटिक) डिजेल इन्जिनले ११० किलोवाट (१५० पीएस) ऊर्जा र ३४० एनएम टर्क उत्पन्न गर्छ ।
यसमा इलेक्ट्रिकल्ली कन्ट्रोल हुने ‘मल्टिप्लेट क्लच’ रहेको छ, जसले कोडियाकको अफरोड क्षमतालाई बढाइदिन्छ । ‘एलएन्डके’ लाभा ब्लू, क्वार्ज ग्रे, मुन ह्वाइट, ‘म्याजिक ब्ल्याक र म्याग्नेटिक ब्राउन गरि पाँच रंगमा उपलब्ध छ । यसको मूल्य एक करोड ५८ लाख रुपैयाँ तोकिएको छ ।