नेप्से दुई अंकले बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.०१ अंक बढेको छ । यो साताभर १० अंक बढेर आज ११४४.५३ अंकमा पुगेको हो ।
साताको अन्तिम कारोबार दिन आज नेप्सेमा १६८ कम्पनीको ९ लाख ५६ हजार ७९ कित्ता शेयर रु. १४ करोड ५९ लाख ११ हजार ९१५ मा किनबेच भएको छ ।
आज वाणिज्य ब्याङ्क, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा र ‘अन्य’ समूहको परिसूचक उकालो लागेका छन् ।
होटल, विकास ब्याङ्क, जलविद्युत् र वित्तीय संस्था समूहका परिसूचक भने ओरालो लागे ।
आज कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो । शिवम्काे रु. २ करोड ६२ लाख ८४ हजार ८१६ को शेयर खरीद बिक्री भएको छ ।
सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर ५.८८ प्रतिशत महँगिएको छ भने यूनिभर्सल पावर कम्पनीको शेयर सर्वाधिक ९.५९ प्रतिशत सस्तिएको छ ।