पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा आज भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।
पदको दुरुपयोग गरी एक इञ्जिनीयरिङ कलेजको विवाद मिलाउने भनी रु ७८ लाख घुस लिएको अभियोगमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।
विचाराधीन भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिन्छु भनी पाठकले अख्तियारको आयुक्त हुँदा अध्यक्ष लम्बोदर न्याौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको पुष्टि भएकाले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
अख्तियारले न्यौपानेले पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको कुरा आयोगलाई प्राप्त श्रव्यदृश्य सामग्रीबाट समेत पुष्टि भएको बताएको छ ।