मुक्तिनाथ विकास ब्याङ्क र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता
मुक्तिनाथ विकास ब्याङ्क लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतामा ब्याङ्कका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरूङ्ग र इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार मुक्तिनाथ विकास ब्याङ्कले देशभर रहेका १२० शाखाबाट महालक्ष्मीको जीवन बीमा योजना बिक्री गर्नेछ ।
महालक्ष्मीले सावधिक बीमा योजना, डबल सावधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २७ माघदेखि कारोबार गर्दै आइरहेको छ ।
इन्स्योरेन्सले काठमाडौं, पोखरा, वीरगञ्ज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर र सुर्खेतबाट सेवा प्रवाह गरिरहेको छ । चैत्र महीनाभित्र काठमाडौ उपत्यकाका थप १० स्थानबाट सेवा दिने तयारी गरिएको कम्पनीले जनाएको छ ।