ड्याट्सन ‘गो’ कारको नयाँ मोडल सार्वजनिक
नेपालका लागि ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रा.लि.ले ‘ड्याट्सन गो’को नयाँ मोडल सार्वजनिक गरेको छ ।
नयाँ ‘गो’ मा राइड कन्ट्रोल एडभान्स सस्पेन्सन सिस्टम, डुअल एअर ब्याग, एन्टी लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक फ्रोर्स सिस्टम, पार्किङ सेन्सर लगायतका सुरक्षा विशेषता छन् ।
नयाँ ‘गो’ मा एन्ड्रोइड अटो प्ले र एप्पलकार प्लेको साथ ७ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट छ । त्यस्तै यसमा १४ इन्चको डाइमन्ड–कट अल्लोइ ह्वील, १८० एमएम ग्राउन्ड क्लियरेन्स, २४५० एमएमको ह्वील वेस, २६५ लिटर लगेज स्पेस, ४.६ एम टर्निङ्ग रेडियस लगायतका विशेषता छन् ।
नयाँ ‘गो’ ले प्रतिलिटर १९.८३ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।
गो ए–ओ, ‘टी’ र टी–ओ गरी तीन मोडलमा उपलब्ध गाडीको शुरुआती मूल्य २४ लाख ९९ हजार छ ।