प्रदेश–५ की सांसद केसी कोरोना संक्रमणमुक्त
प्रदेश नम्बर ५ की सांसद कृष्णा केसी (नमुना) कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ। २४ साउनमा कोरोना संक्रमण पुष्टि भएकी उनको आज संक्रम मुक्त भएकी हुन्।
कोरोना संक्रमणसँगै स्वास्थ्य समस्या भएपछि भेरी अस्पतालमा उपचार गरेकी उनी आज डिस्चार्ज भएको अस्पतालले जनाएको छ।
उनी अझै एक हप्ता भने होम आइसोलेसनमा बस्नुपर्ने अस्पतालले बताएको छ। उनलाई केही दिन जीउ दुख्ने र त्यसपछि ज्वरो आउने भएपछि उपचारका लागि अस्पताल गएर कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो।