भरतपुर महानगरपालिकामा एक हप्ताका लागि निषेधाज्ञा जारी
भरतपुर महानगरपालिकामा आजदेखि एक हप्ता निषेधाज्ञा लागुभएको छ। नगरप्रमुखको अध्यक्षतामा शुक्रबार बसेको बैठकले महानगरपालिका क्षेत्रमा कोभिड–१९ को जोखिम बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै राती १२ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा गर्ने निर्णय गरेको हो।
निषेधाज्ञा अवधिमा वडा अध्यक्षहरूले वडा समितिका सदस्यहरूसँग समन्वय गर्न निर्देशन दिइएको छ। आ-आफ्नो वडा भित्रका संक्रमण सम्भावित क्षेत्रहरूमा सूचना सम्प्रेषण गर्ने, शंकास्पद व्यक्तिहरूको पहिचान गरी सम्बन्धितलाई स्वास्थ्य संस्था पठाउने, क्वारेन्टिनको नियमित अनुगमन गर्ने, टोल विकास संस्थाहरू, टोलबासीहरू सबैलाई सतर्क भई घरभित्रै सुरक्षित रहन आव्हान गर्न भनिएको छ।
राती १२ बजेदेखि लागू गरिएको निषेधाज्ञा ६ भदौसम्म हुनेछ।