बुटवलमा आज राति देखि बन्दाबन्दी
बुटवल उपमहानगरपालिकाले आज रातिदेखि ५ भदौसम्म बन्दाबन्दी गरेको छ। कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि उपमहानगरपालिकाले बन्दाबन्दी गर्नेे निर्णय गरेको हो।
बन्दाबन्दीका बेला सबै सवारी साधन सञ्चालन, ठेला वा साइकलमार्फत गरिने व्यापारमा प्रतिबन्ध लगाइएको छ। फुटपाथ, सडकपेटी, हाटबजारस्थलमा राखेर कुनै पनि प्रकारका व्यापार व्यवसाय गर्न पनि प्रतिवन्ध गरिएको छ।
राजमार्ग भएर सञ्चालन हुने कुनैपनि सवारी साधनले वुटवल क्षेत्रमा गाडी रोक्न पाउने छैनन्। स्वास्थ्य सेवा सम्वन्धी कार्यका लागि सवारी साधनको प्रयोग गर्न छुट दिइएको छ।
तर, त्यसका लागि परिचयपत्रलाई अनिवार्य गरिएको छ। खाद्य, किराना, फलफूल पसल, डिपार्टमेन्टल स्टोर विहान ७ देखि ११ बजेसम्म सामाजिक दूरी कायम राखेर मात्र सञ्चालन गर्न पाइनेछ। दूध ढुवानीका लागि बिहान ७ देखि ११ र साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको छ।