कोरोनाबाट मृत्यु हुने संख्या ९५ पुग्यो (प्रदेशगत मृतक विवरण)
बितेको २४ घण्टामा कोभिड संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। महोत्तरी, धनुषा, अछाम र मोरङमा एक–एक जनाको संक्रमणबाट मृत्यु भएको छ।
महोत्तरीका ३९ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। धुनषाको मिथिलाका ८५ वर्षीय बुद्धको पनि संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ती संक्रमित बृद्धको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।
अछाम रामारोसनका १८ वर्षीय यवकको काठमाडौंमा मृत्यु भएको छ। पाटन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। विराटनगर महानगरपालिका–३ का ५७ वर्षीय पुरुषको पनि २८ साउनमा साँझ मृत्यु भएको छ। उनको कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो।
यो सहित संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ। सवैभन्दा बढी प्रदेश २ मा संक्रमणबाट मृत्यु भएको छ। प्रदेश २ मा मात्रै ३९ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार, २८ जना पुरुष र ११ महिलाको संक्रमणबाट मृत्यु भएको हो।
प्रदेशमा ८, बागमती प्रदेशमा १८, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा १२, कणाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा ८ जनाको संक्रमणबाट मृत्यु भएको छ। मृतक मध्ये ७३ पुरुष र २२ महिला छन्।