होम क्वारेन्टिनमा ४६६ जना, प्रदेश ५ मा मात्रै १४५
होम क्वारेन्टिनमा बस्नेको संख्या ४६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोभिड संक्रमणबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले सवैभन्दा बढी प्रदेश ५ मा होम क्वारेन्टिन बस्नेको संख्या रहेको जनाएको छ।
गौतमले प्रदेशमा ७२, प्रदेश २ मा ९८, बागमती प्रदेशमा ३६, प्रदेश ५ मा १४५, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा १०७ जना रहेको बताए। गण्डकी प्रदेशमा भने कोही पनि होम क्वारेन्टिनमा बसेका छैनन्।
संक्रमितका लागि भेन्टिलेटर र आईसीयूको संख्या पनि बढाएको गौतमले बताए। गौतमका अनुसार, देशभर ४९६ भेन्टिलेटर र ९४२ आईसीयू छुट्याइएको छ।
बिहीबार मात्रै थप ५२५ जनामा संक्रमण पुष्टि भएको थियो। यो सहित नेपालमा संक्रमित संख्या २४ हजार ९५७ पुगेको छ। डिस्चार्ज हुनेको संख्या भने २४ घण्टामा १०९ जना मात्रै छन्। बितेको २४ घण्टामा थप चार जनाको मृत्यु भएको छ।