स्वास्थ्य मन्त्रालयले भन्यो - व्यवसायी र कर्मचारीले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउनु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै व्यवसायी र कर्मचारीलाई आफ्नै खर्चमा कोरोना परीक्षण गर्न भनेको छ।
२८ साउनमा स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै सपिङ मल, रेष्टुरेन्ट, होटल, उद्योग र व्यवसायमा संलग्न हुने कर्मचारी र व्यवसायीलाई आफ्नै खर्चमा अनिवार्य पीसीआरमार्फत कोरोना परीक्षण गर्न भनेको हो।
अहिलेसम्म मन्त्रालयले कोरोना शंकास्पद व्यक्तिलाई निःशुल्क कोरोना परीक्षण गर्दै आइरहेको थियो।