भारतका पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर
भारतका पूर्व राष्ट्रपति प्रवण मुखर्जीको स्वास्थ्यमा अझै सुधार नआएको अस्पतालले जनाएको छ। उनलाई राजधानी दिल्लीस्थित रीसर्च एन्ड रेफेर्रल अस्पतालमा भेन्टिलेटरमा राखिएको छ।
ब्रेनमा समस्या देखिएपछि सोमबार मुखर्जीलाई दिल्लीको छाउनीमा भर्ना गरिएको थियो।
"मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर छ, अझै पनि केही सुधार हुन सकेको छैन। अहिले उहाँलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ," अस्पतालले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै आउटलुक इन्डियाको अनलाइन संस्करणमा भनिएको छ।
८४ वर्षीय मुखर्जीलाई सोमबार कोरोना संक्रमण देखिएको थियो।