धरानमा थप एक साता बन्दाबन्दी
सुनसरीको धरान उपमाहनगरपालिकाले थप एक साता बन्दाबन्दी गर्ने निर्णय भएको छ। कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेपछि संक्रमण समुदायस्तरमा पुगेको अनुमान गर्दै उपमहानगरपालिकाले एक साता अघिदेखि बन्दाबन्दी लागु गरेको थियो।
धरान उपमहानगरपालिकाको आज भएको कार्यपालिका बैठकले बन्दाबन्दी ३ भदौसम्म जारी राख्ने निर्णय गरेको हो। उपमहानगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार खाद्यन्न आपुर्ति समेत बन्द गर्ने निर्णय भएको छ।
कृषि उपज बजार स्थलमा मौज्दात रहेको तरकारी दुई दिनभित्रमा बजारमा बिक्री गर्न दिइने निर्णय भएको छ। पशुपंक्षीका दानाका लागि भने राति १० बजेदेखि १२ बजेसम्म दुई घण्टाको लागि प्रवेश गर्न दिइने निर्णय भएको खतिवडाले बताए।