शैक्षिक संस्था र मनोरञ्जन स्थल सञ्चालन अनिश्चित, अर्को सूचना जारी नभएसम्म खोल्न नपाइने
सरकारले शैक्षिक संस्था र बढी भीडभाड हुने तथा मनोरञ्जन स्थल सञ्चालनलाई अनिश्चितकालका लागि लम्ब्याएकाे छ। कोभिड–१९ को जोखिम बढेकाले जोखिम न्यूनीकरण गर्न विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र, सबै प्रकारका गोष्ठी, सेमिनार बन्द गराउने निर्णयलाई निरन्तरता दिएको छ।
सबै प्रकारका मनोरञ्जन स्थल, सिनेमा हल, सैलुन, जिमखाना, सबै प्रकारकार धार्मिक स्थल प्रदर्शन सहितका क्षेत्र बन्द नै राख्ने निर्णय भएको सूचना प्रविधि तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले बताए।
यसको अनुगमन सम्बन्धित मन्त्रालयले गर्ने र कसैले सरकारी निर्णयको कार्यान्वयन नगरेको वा अटेर गरेको भए कारवाही गर्ने पनि सरकारको निर्णयमा उल्लेख छ।