काठमाडौं उपत्यकामा थप १३४ जना कोरोना संक्रमित थपिए
मंगलबार काठमाडौं उपत्यकामा थप १३४ जना कोरोना संक्रमित थपिएका छन्। यो काठमाडौं उपत्यकामा थपिएको आजसम्मकै सर्वाधिक संख्या हो।
यससँगै काठमाडौं उपत्यकामा मात्रै कोरोनाका कूल संक्रमितको संख्या १३१४ जना पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार उपत्यकाका जिल्लाहरू काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा १०५८, ललितपुरमा १५९ र भक्तपुरमा ९७ संक्रमित पुष्टि भएका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ६३८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै मुलुकमा कोरोना संक्रमितको संख्या २३९४८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फत दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १७१ जना डिस्चार्ज भएका छन्।यससँगै नेपालमा कोरोना भाइरसबाट मुक्त हुनेको संख्या १६६६४ पुगेको छ।
मन्त्रालयका अनुसार हाल मुलुकमा विभिन्न ठाउँमा ७२०१ जना कोरोनाका सक्रिय संक्रमितहरू छन्। त्यसमध्ये प्रदेश-१ मा ५३९, प्रदेश-२ मा ३३४७, बागमती प्रदेशमा १३५२, गण्डकीमा २२४, प्रदेश ५ मा ६४६, कर्णालीमा १९७ र सुदूरपश्चिम प्रदेशमा ८९६ जना छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १०४६२ वटा नयाँ पीसीआर नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।