पत्रकार सम्मेलनकै बीच ट्रम्पले भने- ह्वाइट हाउसबाहिर गोली चल्यो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलन भइरहँदा ह्वाइट हाउसबाहिर गोली चलेको दाबी गरेका छन्। उनले अवस्था नियन्त्रणमै रहेको पनि बताएका छन्।
ह्वाइट हाउसमा पत्रकार सम्मेलन भइरहँदा ट्रम्पका सुरक्षाकर्मीले मञ्चमै गएर कानेखुसी गरेका थिए। त्यसपछि उनी भित्र गए। करीब नौ मिनेटमा बाहिर आएर ‘सिक्रेट सर्बिस’ का व्यक्तिले संदिग्ध बन्दुकधारीविरुद्ध गोली चलाएको जानकारी दिएका थिए।
उनले स्थिति नियन्त्रणमा रहेको र कोही व्यक्तिलाई अस्पताल लगिएको पनि बताएका थिए। उक्त व्यक्तिको अवस्थाबारे आफूलाई जानकारी नभएको उनले बताए। गोली चलेको वेला ह्वाइट हाउसको उक्त क्षेत्र ‘लकडाउन’ थियो।