लेबनानका प्रधानमन्त्रीले दिए राजीनामा
लेबनानका प्रधानमन्त्री हसन दियाबले पदबाट राजीनामा दिएका छन्।
बीबीसीका अनुसार, उनले आज साँझ राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन्।
केही दिन अघि राजधानी बेरूतमा भएको विस्फोटमा २०० जनाले ज्यान गुमाएपछि सरकारविरूद्ध जनताको आक्रोश चुलिएको थियो।
पछिल्ला दुई दिन यता बेरूतमा सरकारविरोधी ठूला प्रदर्शन भएका थिए।
कैयाैं व्यक्त्तिले सरकारी अधिकारीको हेलचेक्राइ र भ्रष्टाचारका कारण घटना भएको भन्दै कडा विरोध गरेका थिए। बेरूतमा असुरक्षित तरिकाले भण्डारण गरिएको करीब दुई हजार ७५० टन एमोनियम नाइट्रेट विस्फोट भएको थियो।