सोमबार थप ३३८ जनामा संक्रमण पुष्टि, चार जनाको मृत्यु
सोमबार आठ हजार ४३२ जनामा पीसीआर परीक्षण गर्दा ३३८ जनामा संक्रमण पुष्टि भएको छ। सोमबार थपिएको सहित नेपालमा संक्रमित संख्या २३ हजार ३१० पुगेको छ।
सोमबार सवैभन्दा बढी काठमाडौंमा संक्रमित भेटिएका छन्। काठमाडौंमा ३६ जनामा संक्रमण पुष्टि भएको हो। ललितपुरमा चार र भक्तपुरमा तीन जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, महोत्तरीमा २३, सर्लाहीमा २१, पर्सामा २१, मोरङमा १४ जनामा संक्रमण पुष्टि भएको छ।
सोमबार १४० जना संक्रमित निको भएर घर फर्किएका छन्। यो सहित १६ हजार ४९३ जना संक्रमित निको भइकसेका छन्। अर्थात्, संक्रमित मध्ये ७०.७ प्रतिशत संक्रमित निको भएका छन्।
देशभरका क्वारेन्टिनमा रहनेहरुको संख्या १० हजार ५६९ छन् भने अहिलेसम्म चार लाख ५२ हजार २३६ जनाको पीसीआर परीक्षण भएको छ। सोमबार थप चार जनाको मृत्यु भएको छ। नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ।