प्रहरी प्रधान कार्यालयका थप १० जनामा कोरोना पुष्टि
नेपाल प्रहरीका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीवार नेपाल प्रहरी अस्पताल महाहराजगञ्जमा गरिएको पीसीआर परीक्षणमा थप १० जना विभिन्न तहका प्रहरी कर्मचारीमा संक्रमण देखिएको हो।
संक्रमित सबै प्रहरी प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरू रहेको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए।
"प्रहरी प्रधान कार्यालयकै ७५ जना हुनुहुन्थ्यो, आज १० जना थपिएपछि ८५ जना पुगेको छ," प्रवक्ता कडायतले भने, "संक्रमित सबैजनालाई उपत्यकामा खाली रहेका कोभिड अस्पतालमा पठाइसकिएको छ।"