फेसबुकले हटायो ट्रम्पको पोष्ट, ट्विटर ह्यान्डल पनि जाम
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोष्ट गरेको एक भिडियो अन्तरवार्ताको क्लिप फेसबुकले हटाएको छ। उक्त अन्तरवार्तामा ट्रम्पले बालबालिकामा कोरोनाभाइरस विरुद्धको प्रतिरक्षा 'करीब पर्याप्त' हुने दाबी गरेका छन्।
फक्स न्युज च्यानललाई दिइएको अन्तरवार्ताको क्लिप ट्रम्पले फेसबुक र ट्विटरमा राखेका थिए। उक्त क्लिपलाई फेसबुकले ‘कोभिडसम्बन्धि हानिकारक गलत जानकारी’ भएको जनाएको छ।
ट्विटरले पनि क्लिप नहटाएसम्म ट्रम्पको चुनावी क्याम्पेन ह्यान्डल ‘जाम’ गरेको जनाएको छ। अब उनको क्यापेनसम्बन्धि ह्यान्डल खोल्न मिल्छ तर, ट्विट, रिट्विट, लाइक वा रिप्लाई गर्न मिल्दैन।
अमेरिककाकै पब्लिक हेल्थ कमिसनले बालबालिकामा कोभिड–१९ विरुद्धको प्रतिरक्षा शक्ति बलियो नहुने जनाइसकेको छ। तर, विद्यालयहरु खोल्न दबाब दिइरहेका ट्रम्प आफ्नै निकायहरुको भनाइ अटेर गरेर आफूखुसी बोल्ने गरेका छन्।
फेसबुकका प्रवक्ताले बुधबार साँझ भने, “त्यो भिडियोले कोभिड–१९ विरुद्ध निश्चित समूहका मानिसमा बलियो प्रतिरक्षा क्षमता हुने झूटो दाबी गरेर हानिकारिक गलत जानकारी दिएको छ। यो हाम्रो नीतिको उल्लंघन हो।” फेसबुकले कोभिड–१९ सँग जोडेर ट्रम्पको पोष्ट हटाएको यो पहिलो पटक हो। तर, विषयवस्तुलाई लिएर ट्रम्पलाई दण्ड गरिएको भने पहिलोपटक होइन।
यता ट्वीटरको चेतावनीपछि पनि ट्रम्पको क्याम्पेन गर्ने ह्यान्डलबाट उक्त ‘घातक’ सूचना हटाइएको छैन। त्यसलाई ट्रम्पको व्यक्तिगत ह्यान्डलबाट रिट्विट पनि गरिएको छ।
-बीबीसीबाट