काठमाडौं उपत्यकासँगै २०० भन्दा बढी कोरोना संक्रमित रहेका जिल्लामा भोलिदेखि जोर-बिजोर प्रणाली लागू
मुलुकमा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले काठमाडौं उपत्यकालगायत २०० भन्दा बढी संक्रमित रहेका जिल्लामा सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्ने भएको छ।
बुधबार बेलुकी गृहमन्त्रालयले एउटा विज्ञप्ति जारी गर्दै भोलिदेखि लागू हुनेगरी जोर बिजोर प्रणाली कार्यन्वयनमा ल्याउनुका साथै बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमनलाई पूर्णरुपमा बन्द गर्न समेत निर्देशन दिएको छ।
साथै यसअघि उपत्यका प्रवेशका लागि बनाइएको नियमलाई पनि कडाईका साथ पालना गर्न गराउन पनि गृहले निर्देशन दिएको छ। नियम अनुसार उपत्याका प्रवेश गर्ने यात्रुबाहक सवारी साधनहरूलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमनमा निषेध गरिएको छ।
साथै कोभिड संक्रमणको अवस्था हेरी जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले निर्णय गरी तुरुन्त बन्द गर्ने र परीक्षणको व्यवस्था मिलाउन समेत मन्त्रालयले निर्देशन दिएको छ।