उपत्यकामा देखियो थप ५१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ६६५
पछिल्लो २४ घण्टामा उपत्यकामा ५१ जना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत दिएको जानकारी अनुसार उपत्यकामा कोरोना संक्रमितको संख्या ६६५ पुगको छ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौंका ४३ जना, ललितपुरका ३ जना र भक्तपुरका ५ जनामा संक्रमण देखिएको हो।
भेटिएका संक्रमितहरू राष्ट्रिय प्रयोगशाला टेकु, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, स्टार अस्पताल ललितपुर, सैनिक अस्पताल महाराजगञ्ज र कोरिया नेपाल मैत्री अस्पताल भक्तपुरमा भेटिएका हुन्।
यससँगै उपत्यकाका जिल्लाहरू काठमाडौंमा ४९३ जना, ललितपुरमा १०८ जना र भक्तपुरमा ६४ जना कोरोना संक्रमित पुगेका छन्।
बन्दाबन्दी खुकुलो भएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या पाँच गुणाले बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्ला दिनहरूमा काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या बढिरहेको देखिएको हो। उपत्यकामा करीब एक महीनाको अन्तरमा कोरोनाका सक्रिय संक्रमितको संख्या झण्डै पाँच गुणाले बढेको देखिएको छ।