सोमबार एकै दिन थप ४१८ जनामा संक्रमण पुष्टि
सोमबार एकै दिन ४१८ जनामा संक्रमण पुष्टि भएको छ। सोमबार थपिएको सहित संक्रमित संख्या २० हजार ७५० पुगेको छ।
सोमबार सवैभन्दा बढी पर्सामा संक्रमित थपिएका छन्। पर्सामा ७१ जनामा संक्रमण पुष्टि भएको छ। राजधानी उपत्यकामा ५१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस मध्ये काठमाडौंका ४३, भक्तपुरका ५ र ललितपुरका तीन जना छन्।
सप्तरीमा ५१, मोरङमा ४६, कैलालीमा ३१ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै महोत्तरी र धनुषामा ३०÷३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार ३५८ जना निको भएर घर फर्किएका छन्। यो सँगै निको भएर घर फर्कने संक्रमितको संख्या १४ हजार ९६१ पुगेको छ। सोमबार ठूलो संख्यामा संक्रमित थपिएसँगै उपचारत संक्रमितको संख्या पाँच हजार ७३२ पुगेको छ।
प्रदेश १ मा २९०, प्रदेश २ मा दुई हजार ३५७, बागमती प्रदेशमा ६५१, गण्डकी प्रदेशमा २७२, प्रदेश ५ मा ३१५, कर्णाली प्रदेशमा २९८ र सुदूरपश्चिम प्रदेशमा एक हजार ५४९ जना उपचारत छन्। संक्रमणबाट ५७ जनाको मृत्यु भइसकेको छ।