ब्राजिलमा २४ घण्टामा एक हजारभन्दा बढी कोरोना सङ्क्रमितको मृत्यु
ब्राजिलमा गएको २४ घण्टामा १०८८ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ।
आइतबार ब्राजिलको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार विगत २४ घण्टामा ब्राजिलमा ४५३९२ व्यक्ति सङ्क्रमित भएका छन् भने सो अवधिमा १०८८ जना सङ्क्रमितको मृत्यु भएको छ।
ब्राजिलमा अहिलेसम्म कूल ९३५६३ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या २७८७७ पुगेको मन्त्रालयले पुष्टि गरेको छ।
ब्राजिलको सबैभन्दा बढी जनघनत्व रहेको साओ पाओलो शहर सबैभन्दा बढी प्रभावित शहर हो जहाँ ५५२३१८ व्यक्ति सङ्क्रमित रहेका छन् भने २३२३६ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै रियो दि जेनेरियोमा १६७००० भन्दा बढी सङ्क्रमित रहेका छन् भने १३००० व्यक्तिको मृत्यु भएको छ।
विश्वव्यापी महामारीका कारण विश्वकै सबैभन्दा बढी सङ्क्रमित रहेको मुलुक अमेरिका हो भने तेस्रो धेरै सङ्क्रमित रहेको मुलुक भारत हो।
यसबाहेक रूस, दक्षिण अफ्रिका, मेक्सिको, पेरू, चिली, स्पेन, इरान, कोलम्बियामा सङ्क्रमितको सङ्ख्या उच्च रहेको छ। सङ्क्रमणका कारण मृत्यु बढी भएका मुलुकहरूमा मेक्सिको, बेलायत, इटली, फ्रान्स र भारत रहेका छन्।